काठमाडौं । सर्लाही, बरहथवा नगरपालिका-३ बस्ने ६० वर्षीय उपेन्द्र महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका-४ मुना चोक बस्ने राजेन्द्र साहको घरबाट बोरिङको लागि विद्युतको तार निकाल्ने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।
सिराहा, गोलबजार नगरपालिका-१३ दुर्गापुर टोल बस्ने ६२ वर्षीय रामपृत पंडितको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका-१२ बेतौनाको चौरस्थित आफ्नै खेतबारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













