• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

रानी जमरा कुलरिया सिँचाइ आयोजनाद्वारा किसानलाई अनुदान

  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित

कैलाली। टीकापुरमा मोहन्याल भैँसीपालन फार्म सञ्चालन गर्दै आएका दुर्गाप्रसाद जैशी एक सफल व्यवसायीका रूपमा स्थापित व्यक्ति छन् । कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट राम्रो सहयोगकै कारण उनी सफल व्यवसायीका रूपमा स्थापित भएका हुन् ।

कार्यान्वयन एकाइले आफूलाई गोठ सुधार गोदाम निर्माणका लागि अनुदान, बोरिङ मोटर, पावर टिलर, नस्ल सुधारमा अनुदान, रेबिजको सुईमा सहयोग, घाँसको बीउ गाईभैँसीलाई विभिन्न पोषण सहयोग गर्दै आएको बताउँदै आयोजनाको सहयोगले भैँसीपालन व्यवसाय अगाडि बढाउन ठूलो राहत मिलेको उनको भनाइ छ । दैनिक ७० लिटर दूध बेच्ने गरेको उनले बताए ।

त्यसो त रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि क्षेत्रमा भविष्य देखेका किसानका लागि वरदान बन्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेका उक्त आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानका लागि अनुदानमार्फत सञ्चालन गरेका कार्यक्रमकै कारण वरदान बनेको हो । आयोजनाले किसानलाई उन्नत बीउलगायत कृषि आधुनिकीकरणसहित प्राविधिक रूपमा सहयोग गर्न थालेपछि किसानले व्यावसायिक रूपमा सफलता हासिल गर्दै गएका छन् ।

टीकापुर नगरपालिका–३ घियाकका रमेशकुमार श्रेष्ठले बङ्गुरपालन व्यवसाय गर्दै आएका छन् । उनको व्यवसायको सहयोगी आधार पनि कार्यान्वयन एकाइ नै हो । उनका अनुसार एकाइले बर्सेनि मागका आधारमा सहयोग गर्दै आएको बताए । यस्तै दीपज्योति महिला कृषक समूहले पनि आयोजनाबाट राम्रो सहयोग पाइरहेको बताएको छ ।

अहिले सदस्यले पाँचपाँच कट्ठामा सामूहिक तरकारीखेती गर्ने गरेको कुरा समूहका सदस्य देशरानी चौधरीले बताए । उनले रानी जमराको सहयोगले तालिम बीउमा अनुदानसहित प्राविधिक सहयोग गर्दै आएको बताउँदै आयोजनाको कारण व्यावसायिक बन्न सकिएको बताएका छन् ।

आयोजनाले किसानका आवश्यकताका आधारमा उन्नत बीउमा ५० प्रतिशत, उपकरणमा ७० देखि ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । आयोजनाको सहयोगमा बीउ उत्पादन गर्दै आइरहेको आयोजनाको कमाण्ड क्षेत्रका विभिन्न कृषक सहकारीलाई अनुदानमा भवन निर्माण, ग्रेडिङ मेसिन, ढुवानीका लागि सवारीसाधन उपलब्ध गराउँदा बीउ उत्पादनमा सहजता भएको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारी संस्थाका व्यवस्थापक गोविन्द रावत बताउँछन् ।

सहकारीसँग अहिले आयोजनाको ७५ प्रतिशत अनुदानको १० मेट्रिक टनबराबर क्षमता भएको ट्रक र करिब चार सय आठ मेट्रिक टन क्षमता भएको बीउ भण्डारण भवन पनि रहेको व्यवस्थापक रावतले बताए ।

आयोजनाकै सहयोगले कृषि पेसालाई व्यावसायिक रूपमा जोड्न सहयोग पुगेको तरकारीखेती गर्दै आएका जानकी गाउँपालिका–५ पहाडीपुरका किसान नारायणप्रसाद जोशीले बताएका छन् । विगतका वर्षहरूमा वैदेशिक रोजगारमा गएका उनी हाल कृषि पेसामा आबद्ध रहेर विदेशको भन्दा राम्रो आम्दानी स्वदेशमै हुने गरेको बताउँछन् । “किसानले लगाएका तरकारीले बजार राम्रो पाउनुपर्छ विदेशको भन्दा राम्रो कमाई स्वदेशमा हुन्छ ।” उनले भने, “हाल तीन बिघा क्षेत्रफलमा खेती गरिरहेको तर मेरो क्षमता १० बिघा क्षेत्रफलमा गर्न सक्ने हो ।”

विसं २०७७ देखि परम्परागत रूपमा बाख्रापालन गर्दै आएकी जानकी गाउँपालिका–९ अमरावतीकी किसान रिजना चन्द आयोजनाको सहयोगमा आधुनिक खोर निर्माण गरेर व्यावसायिक बाख्रापालनतर्फ प्रेरित भएको बर्ताइन् । विद्यालयको आठ बिघा १६ कठ्ठा जग्गा भाडामा लिएर बाख्रापालनलगायत अन्य व्यावसायिक खेती गर्दै आएको चन्दका अनुसार आयोजना वास्तविक किसानका लागि वरदान बनेको छ । हाल आफूसँग सानाठूला गरेर ७५ वटा बाख्रा छ ।

त्यसैगरी अर्की किसान जानकी गाउँपालिका–३ सिमरन पशुपन्छी फार्मकी पशुपालक किसान सरिताकुमारी थारूले भैँसीपालन गर्दै आएकी छिन् । भैँसीगोठ सुधारमा आयोजनाले सहयोग गरेको उनको भनाइ छ ।

चौधरीले भैँसीपालनका लागि भौतिक संरचना निर्माणमा किसानले आधामात्र लगानी गरेर आयोजनाले आधा अनुदान दिँदा त्यसबाट व्यावसायिक बन्न सजिलो भएको बताए । तीन वर्षदेखि भैँसीपालन गर्दै आएकी उनको फर्ममा हाल गाईभैँसी गरी १५ वटा छन् जसमध्ये छवटा दुहुनो भैँसी रहेकामा दैनिक ५० देखि ६० लिटर दूध उत्पादन हुँदै आएको छ ।

आयोजनाले व्यावसायिक किसानदेखि साना किसानको आयआर्जनमा वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । आयोजनाले केराखेती, बिजवृद्धि, बङ्गुरपालन, भैँसीपालन, बाख्रापालन, तरकारीखेती गर्ने किसानका आवश्यकताका आधारमा बीउ, भौतिक संरचना, नयाँ प्रविधि हस्तान्तरणमा अनुदान सहयोग गर्दै आइरहेको छभने व्यावसायिक, क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको आयोजनाका पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारती बताउँछन् । रासस

मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप
गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह
कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान हुने
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

समाचार

सबै

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.