• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

सुदूरपश्चिम प्रदेश दलित संसदद्वारा १० बुँदे धनगढी घोषणापत्र जारी

  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित

धनगढी । जलवायु न्याय र दलित अधिकारका लागि मुक्त हलियाको नेतृत्व र आवाज सुदूरपश्चिम प्रदेश दलित संसदले १० बुँदे धनगढी घोषणापत्र जारी गरेको छ ।

मंगलबार धनगढीमा डिजिएम नेपाल परियोजना अन्तरगत आरआरएन नेपालको आयोजना तथा राष्ट्रिय दलित नेटवर्क नेपालको समन्वय तथा सहकार्यमा भएको जलवायु न्याय र दलित अधिकारका लागि मुक्त हलियाको नेतृत्व र आवाज विषयक सुदूरपश्चिम प्रदेश दलित संसद कार्यक्रमले सो घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा दलितहरुको राजनीतिक,आर्थिक सामाजिक,सांस्कृतिक तथा वातावरणीय समस्याको एकीकृत प्याकेजकासाथ सशक्तिकरणका लागि आगामी १० वर्षलाई दलित अधिकार दशक घोषणा सहितको दीर्घकालिन गुरुयोजना निर्माण गरी समाधनको बाटो तय गर्न उल्लेख छ ।

सुदूरपश्चिमका ७ जिल्ला पहिरोको जोखिममा र दुई जिल्लामा बाढी तथा गर्मीकाकारण जोखिममा रहेका र यहाँ वसोवास गर्ने दलित,हलियामाथि अझै पनि घरवार विहीन, वनमूलक, मजदूरीमा निर्भर र निर्णय प्रक्रियाबाट बहिष्कृत पारिएकाले थप जोखिमा रहेकाले समग्रमा सुदूरपश्चिममा जलवायू जोखिम न्यूनिकरणको उपाय अवलम्बन गर्न माग गरिएको छ ।

प्रदेशका दलित तथा मुक्तहलियामा जलवायु परिवर्तनका असरहरूमा बाढी र पहिरोले दलितबस्ती बगाइरहेको अवस्था भएकाले जातीय विभेदका कारण विपद्मा विभेद र राहातमा राजनीतिलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्न भनिएको छ ।

तीनवटै तहको जलवायु, विपद्, वातावरण नीति निर्माणमा दलित तथा मुक्तहलियाको सहभागिता नगण्य रहेका दलित तथा मुक्तहलिया प्रतिनिधित्व अनिवार्य गर्र्न,सुदूरपश्चिमका उच्च जोखिमयुक्त दलित बस्तीहरूको नक्सांकन गरी ‘जलवायु जोखिम सामाजिक सुरक्षा योजना’ लागू गर्र्न,जलवायु जोखिममा परेका दलित र हलिया परिवारका लागि विशेष राहतकोष स्थापना गर्न घोषणापत्रमा माग गरिएको छ ।

घोषणापत्र भनिएको छ ‘भूमिहीन मुक्तहलियालाई घर र खेती योग्यजग्गाको ग्यारेन्टी सहित स्वामित्व सुनिश्चित गर्न, जलवायु पीडितदलित परिवारकालागि समुचित पुनस्थापना, स्थानान्तरण र सीपप्रशिक्षणगर्न, दलितहरुको शिक्षा, स्वास्थ्य र रोजगारीतथा सामाजिक सुरक्षा र जलवायु संकटको प्रतिरोध क्षमता बढाउन दलित युवालाई सीप, जानकारी, प्रविधि र रोजगारीको अवसर दिन माग गर्दछ ।’

जलवायु असरको मनोवैज्ञानिक र शारीरिक असर झेलिरहेका दलित महिला र बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवाप्रदान गर्न, हरेक पालिकामा ‘दलित तथा जलवायु पीडित पुनस्थापनाकोष’ स्थापना गर्न,स्थानीय, प्रादेशिक र संघीय सरकार, विकास साझेदार, नागरिक समाज, अनुसन्धानकर्ता, पत्रकार र सम्पूर्ण समुदायलाई जलवायु न्याय बिना सामाजिक न्याय सम्भव छैन भन्ने मान्यताका साथ दलित र हलियालाई जलवायु नीति निर्माण र कार्यान्वयनको केन्द्रमा राख्न माग घोषणापत्रमा सरकारसँग माग गरिएको छ ।

घोषणा पत्रमा भनिएको छ ‘जलवायु प्रतिरोधात्मक कृषि अभ्यासका लागि दलित र मुक्तहलिया, महिला, वालवालिका, जेष्ठनागरिकलाई वित्तीय तथा प्राविधिक सीप प्रदान गर्न,दलित र मुक्तहलियामा जलवायु सचेतना, वातावरणीय शिक्षा र सूचना प्रवाहमा पहुँच वृद्धि गर्न र जलवायु सम्बन्धी विज्ञान र प्राविधिक ज्ञानमा दलितयुवा र महिलाको पहुँच वढाउन विशेष कार्यक्रमहरू संचालन गर्न माग गर्दछ ।’

सुदूरपश्चिम प्रदेश सरकारको हालै ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटले दलित तथा मुक्तहलियाको विषयमा अपेक्षाकृत सम्बोधन नभएको, हालसम्म पनि २०७६ मा पारित दलित सशक्तिकरण ऐन अनुसारको दलित विकास समिति गठन हुन नसकेकोले प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै दलित तथा मुक्तहलियाका विषयमा विशेष कार्यक्रम घोषणा गर्न माग गरिएको छ ।
कार्यक्रममा ९ वटै जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप
गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह
कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान हुने
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

समाचार

सबै

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा

धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्य हो : शाह

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ७ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.