धनगढी । कैलालीको चुरे गाउँपालिकाले रु. ५२ करोड ८७ लाख ९७ हजारको बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १७ औं गाउँसभाबाट आव २०८२/०८३ का लागि उक्त बजेट सार्वजनिक गरेको हो ।
चालु तर्फ रु. ३७ करोड २२ लाख ५८ हजार पाँच सय र पुजीगत तर्फ रु. १५ करोड ६५ लाख ३८ हजार पाँच सय गरी कुल ५२ करोड ८७ लाख ९७ हजारको बजेट सार्वजनिक गरेको हो ।
आव २०८२/०८३ मा संघीय सरकार समानीकरण अनुदानबाट रु. १० करोड ४४ लाख, संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने रु. १४ करोड ६८ लाख, संघीय समपुरकबाट रु. ७१ लाख, संघीय सशर्त अनुदानबाट रु. २१ करोड ५४ लाख, संघीय विशेष अनुदानबाट प्राप्त हुने रु.८० लाख रहेको छ ।
यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने रकमहरुमा राजश्व बाँडफाँड बापत प्राप्त हुने कुल रकम रु. ४१ लाख ५३ हजार, प्रदेश समानीकरण अनुदानबाट प्राप्त हुने रु.८४ लाख ९४ हजार, प्रदेश शसर्त अनुदान बापत प्राप्त रकम रु.५५ लाख, प्रदेश समपुरक अनुदानबाट रु. १ करोड रहेको छ ।
यसै गरी आन्तरिक राजश्वबाट हुने आम्दानी रु. १ करोड १४ लाख ५० हजार र गत बर्षको मौज्दात रकम रु. ७५ लाख गरी जम्मा ५२ करोड ८७ लाख ९७ हजारको आयव्यय विवरण प्रस्तुत गरिएको हो ।















