धनगढी । सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको जाशीपुर गाउँपालिका ४ बस्ने बर्ष २६ को रुद्र चौधरी रहेको प्रहरीले जनाएको छ ।
धनगढी १ सेतोपुल जोशीपुर बस्ने चौधरीले चलाएको सु.प.प्र.०१-०१२ प ७९५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा गम्भिर घाईते भई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।















