धनगढी । कैलालीमा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार जिल्लाको कैलारी गाउँपालिका–८ लोहरपुरका २३ वर्षीय लक्ष्मणबहादुर साउद करणीको आरोपमा पक्राउ परेका हुन्।
साउदलाई १३ वर्षीया एक बालिकालाई जबरजस्ती करण गरेको भन्ने उजुरीको आधारमा बुधवार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।













