धनगढी । कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ ।
शुक्रबार गोप्य सूचनाको आधारमा जिल्लाको गौरीगंगा नगरपालिका-७ महुलियास्थित निराजन सामुदायिक वन क्षेत्र भित्र जमिनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
एक थान एकनाले बारुद लोड गरि राखेको भरुवा बन्दुक र एक थान एकनाले भाँचिएर २ टुक्रा भएको भरुवा बन्दुक गरी २ नाल भरुवा बन्दुक इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको र सो सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ।















