कैलाली । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र ) कैलालीले धान दिवस मनाएको छ । आज धनगढी उपमहानगरपालिका १४ फुलवारीमा क्रान्तिकारी केन्द्रले २२ औ राष्ट्रिय धान दिवस मनाएको हो ।
सो दिवसमा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले नेपालको सबै भन्दा महत्वपूर्ण खाद्य पदार्थ धानको महत्व रहेको बताए ।
नेपाल सरकारले विगत लामो समयदेखि धान दिवस मनाउदै आएको भएपनि यस्को बैज्ञानिक,बजारीकरण,कृर्षिमा आधुनिकीकरण र कृषकलाई प्रबिधिमा सहुलियत जस्ता कुरा दिन नसकेको उनले बताए ।
हरेक बर्ष खेतीको सिजनमा मलको अभाब देखि थुप्रै समस्या किसान झेली रहेको पनि उनले बताए । तराईका उर्वरभुमि कंक्रिट बन्दै छन , पहाडका खेतियोग्य जमिन बाँझा भईरहेको उनले बताए ।
उनले भने यो बिषयमा राज्य गम्भिर हुन पनि हामी ध्यानाकर्षण गर्दछौ । त्यस्तै सुदुरपश्चिम प्रदेशका पुर्वमन्त्री रमेशसिंह धामीले कृषि क्षेत्रलाइ राज्यले उपेक्षा गरेको बताए । धान दिवसमा माओबादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।















