धनगढी । नागरिक उन्मुक्ति पार्टीले औपचारिक रूपमा सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ ।
बिहिबार भएको अनलाईन् वैठकबाट हामीले प्रदेश र संघ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेका छौ सोही आधारमा प्रतिपक्षमा बस्ने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बताईन् ।
संरक्षक रेशम चौधरीले पनि निर्देशन दिई सक्नु भएको छ आज औपचारिक रूपमा संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने उनले निशाना न्युजलाई जानकारी दिइन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् ।
















