धनगढी । कैलालीको गौरीगंगामा स्थित सुर्मा खोलामा डुबी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा ११ ऐठा बस्ने बर्ष २५ को उमेश धामी र बर्ष २० को प्रकाश धामी रहेको प्रहरीले जनाएको छ ।
बिहिबार घर देखि ७०० मिटर दक्षिण पश्चिम टाढा सुर्मा खोलामा पौडी खेल्ने क्रममा दुवै जना खोलामा डुवी वेपत्ता भएको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिगएको प्रहरी टोलीले स्थानियको सहयोगमा खोजतलास गर्दा दुवै जना वेहोश अवस्थामा फेला परेका थिए ।
उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।













