बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बिहिबार लडेर केदारस्यु ५ बहोराडी बस्ने बर्ष ५९ की कमला बोहराको मृत्यु भएको हो ।
घर नजिकै रहेको जंगलमा घास काट्ने क्रममा भिरबाट लडी १०० मिटर तल खस्न गई घाईते भई उपचारको लागी जिल्ला अस्पताल चैनपुर, बझाङ लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।













