धनगढी । कैलालीमा लागुऔषधसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर बस्ने चन्दनचौकीका २३ वर्षीय अन्सु गुप्ता रहेका छन् ।
शनिबार जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट १७ ग्राम चार सय ६० मिलिग्राम खैरो हेरोइनसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले उक्त घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।













