धनगढी । धनगढी उपमहानगरपालिकाले एउटा अभियाननै चलायो,हाम्रो धनगढी हामी बनाउछौँ,हाम्रो धनगढी सफा धनगढी ।
यो अभियान स्वतन्त्र उम्मेदवार गोपाल हमाल नगरप्रमुखमा विजयी भएपछिको हो । धनगढी उपमहानगरपालिकाका १९ वडा, टोल स्कुल ,बषपार्क सार्वजनिक स्थल लगायत हरेक क्षेत्रमा यो अभियानले मुर्तरुप लिएको छ ।
नगरपालिकाले सार्वजनिक स्थललगायत कुनै स्थानमा फोहर हुन नदिन हरेक स्थानमा फोहोर फाल्ने डस्टविन झण्ड्याएको छ । कुहिने र नकुहिने फोहरको ग्रेड छुट्याएको छ ।
आजभोलि हरेक मानिस आफ्नो घर आँगन वरपरका क्षेत्रमा फोहर हुन नदिन आफै सकृय हुन थालेका छन् ।
उपमहानगरका विभिन्न टोलमा दिनहुँजसो सरसफाइ अभियान चलिरहेको देखिन्छ । उपमहानगरको यो अभियानले जनमानसमा एक किसिमको प्रभाव परेको देखिन्छ ।
आज बिहान मात्रै धनगढी उपमहानगरपालिका-२ को आदर्श टोलमा सामाजिक परिचालक निर्मला रावल लगायतको टोलीले सरसफाइ गरेको छ ।
टोलीमा टोल विकास समितिका अध्यक्ष देवेन्द्र अधिकारी,सरसफाई समिति,स्वयमसेविका लिला तिमिल्सिना र स्थानीयको सहयोमा सरसफाई गरिएकोे छ ।
उनीहरुले सडकको फोहोर सफा गर्नुका साथै लामखुट्टेका लार्भा नष्ट गरेको टोल विकास समितिले जनाएको छ ।















