• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ६. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ९. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

लौटैया ताल पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै

  •   बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित

कैलाली । कैलालीको भजनी नगरपालिका–२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्वासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना हटाएर सामुदायिक वनका रूपमा संरक्षण गर्दै ताल निर्माण गरेपछि यो क्षेत्र पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै गएको हो ।

घामले पानीमा तरङ्ग खेलाइरहेको छ । तालको वरिपरि हरियाली वातावरणले अझै सौन्दर्य थपेको छ । आन्तरिक पर्यटक बोटमा चढेर तालमा रमाइरहेका छन् । यसरी रमाउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । सामुदायिक वनका अगुवाहरूले एक दशकअघि अतिक्रमण हटाएर ताल निर्माण गरेपछि अहिले आन्तरिक पर्यटकका लागि यो ताल पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै गएको राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले बताए । “तत्कालीन समयमा अतिक्रमण हटाउन त्यति सहज थिएन । अतिक्रमण हटाएको भन्दै मरणासन्न हुने गरी कुटपिट गरेको याद ताजै छ”, उनले भने ।

खड्काले सुकुम्वासीलाई किन हटाएको भन्दै घरमा आएर आफूमाथि कुटपिट भएको स्मरण गर्नुभयो । उनी यस सामुदायिक वनको स्थापना (२०५६) देखि अध्यक्षका रूपमा छन् । उनले भने, “सुरुआतमा म अध्यक्ष भएँ । बीचमा अरू पनि आए तर गाउँलेले फेरि मलाई अध्यक्ष बनाउनुभयो ।” वन संरक्षणप्रतिको निरन्तर पहलका कारण तीन दशकदेखि वनमा कार्यरत रहेको खड्काले जानकारी दिए । अतिक्रमण, छाडा चरिचरण र बर्सेनि वन डढेलोका वारिपारि गाउँ देखिने वन अहिले घना हरियालीमा परिणत भएको उनको भनाइ छ ।

अहिले यो वनमा भारतको दुधुवा हुँदै आउने पाटबाघले डमरुहरू हुर्काउने गरेका अध्यक्ष खड्काले जानकारी दिए । अहिले वनमा चित्तल, बँदेल, गोहोरो, अजिङ्गरलगायत विभिन्न चराचुरुङ्गीको सुरक्षित वासस्थान छ हुनुका साथै लौटैया तालमा यी वन्यजन्तु पानी पिउन आउने गरेका उनले उल्लेख गरे ।

उनका अनुसार समूहले वनका खाली ठाउँमा बर्सेनि वृक्षारोपण गर्दै आएका छन् । वनमा बाँस, कुरिलो, सर्पगन्धालगायतका गैरकाष्ठ प्रजातिको रोपण गरिएको जनाउँदै उनले संरक्षणप्रतिको गहिरो लगाव र निरन्तरताको पहलका कारण सन् २००३ मा आफूलाई ‘अब्राहम कन्जरभेसन अवार्ड’पनि प्राप्त भएको बताए। उक्त सम्मानले आफूलाई वन संरक्षणमा थप उत्साहित बनाएको उनले धारणा राखे ।

खाली गरिएको उक्त क्षेत्रमा सानो ड्याम बनाएर प्राकृतिक रूपमा पानी जम्मा गर्ने गरी ताल बनाइएको खड्काले जानकारी दिए । “पहिले यहाँ माछा पालनमा मात्रै प्रयोग हुन्थ्यो । तर हामीले ताललाई जगेर्ना गर्ने र पर्यटनसँग जोड्ने सोच बनाएर योजनाबद्ध विकास गरेका छौँ”, उनले भने ।

योजनाबद्ध विकाससँगै पर्यटन प्रवर्द्धनमा केन्द्रित भएपछि आज लौटैया ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको अध्यक्ष खड्काले बताए । उनका अनुसार तालको किनारै किनार तारबार गरिएको छ । अहिले तालमा तीन वटा डुङ्गा (बोट) सञ्चालित छन् । यो ताल विद्यार्थी, स्थानीय बासिन्दा, वृद्ध वृद्धा सबैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।

विद्यार्थीका लागि रु १५ मा डुङ्गा चढ्न पाउने व्यवस्था गरिएको जनाउँदै पार्क निर्माण समितिका अध्यक्ष अर्जुन सोबले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सुविधा दिने गरिएको बताए । उनका अनुसार अन्य व्यक्तिलाई रु ३० शुल्क तोकिएको छ । सोबले भने, “दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आउँछन् । सबैले पालो पाउँदैनन्, कहिलेकाहीँ डुङ्गा चढ्न नपाएर फर्किनेहरू पनि हुन्छन् ।” डुङ्गा सञ्चालन पछि दैनिक रु तीन हजारसम्म आम्दानी भइरहेको जनाउँदै उहाँले डुङ्गा सयर गर्न बढी विद्यार्थी आउने गरेका बताए ।

सामुदायिक वनको आम्दानी बढेसँगै स्थानीयलाई रोगजारीको अवसर पनि सृजना भएका वनका अध्यक्ष खड्काले बताए । “वनभित्र फोटो खिच्नका लागि फोटोग्राफरलाई महिनाको रु दुई हजार १०० लिनेगरी व्यवस्था गरिएको छ । नगरपालिका र वडामा दर्ता गरी फोटोग्राफरले फोटो खिच्न पाउने निर्णय गरिएको छ, जसका कारण स्थानीय युवाले रोजगारी पाएका छन्”, उनले भने ।

तालको नजिकै बन्न थालेको थारु सङ्ग्रहालयले लौटैया तालको महत्त्व बढाएको छ । सङ्घीय सरकारले रु ९० लाख र प्रदेश सरकारले रु १० लाख बजेटमार्फत सङ्ग्रहालयको संरचना निर्माण गरेको भजनी नगरपालिका–२ का वडाध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए । उनले भने, “वडा कार्यालयमार्फत पनि केही रकम सहयोग गरेका छौँ । डुङ्गा सयरको सुविधासहित पार्क सञ्चालनमा आइसकेको छ । सङ्ग्रहालयको घर बन्न बाँकी छ ।”

पर्या–पर्यटनसँगै थारु कला, संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको भजनी(२ का वडाध्यक्ष पुनले बताए । उनका अनुसार हाल सङ्ग्रहालयको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । “भवन बन्दै छ, तर भित्र राखिने परम्परागत सामग्री, थारु जीवनशैली झल्काउने पुराना औजार र लुगाकपडा अझै सङ्कलन हुन बाँकी छ”, वडाध्यक्ष पुनले भने, “सङ्ग्रहालय बनेपछि लौटैया ताल आउनेहरूले डुङ्गा सयरका साथै थारु संस्कृति पनि नजिकबाट देख्न पाउनेछन् । यसले पर्यटकको चहलपहल झन् बढाउने छ ।”

वनका अध्यक्ष खड्काले अहिले ताल छ बिघा क्षेत्रमा फैलिएको जनाउँदै सामुदायिक वन समितिले यसलाई २० बिघासम्म विस्तार गर्ने योजना अघि सारेको बताए । कैलालीको यो सानो ताल आजभोलि सामुदायिक वनहरूमा पर्या-पर्यटनको सफल उदाहरण बन्दै गएको छ ।

यहाँ वनभोज खानआउनेहरूका लागि रु आठ सयमा भाडा, दाउरा, पानीलगायत सामग्रीको व्यवस्था सामुदायिक वनले गर्दै आएको उल्लेख गर्दै वडाध्यक्ष पुनले यसबाट वनको आम्दानी बढ्नाका साथै स्थानीयलाई रोजगारी सृजना भइरहेको बताए ।

राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खड्काले भने, “हामीले भर्खरै डुङ्गा सञ्चालन गरेका छौँ । यसलाई कम मूल्यमा सुविधा लिन पाउने व्यवस्था गरेका छौँ र आम्दानी पनि भइरहेको छ । त्यसैबाट वनको संरक्षणका साथसाथै फोहर मैला व्यवस्थापन र पर्या–पर्यटनका थप पूर्वाधार निर्माणमा लगानी गर्नेछौँ ।” वनमा पर्या–पर्यटनका क्षेत्रमा पूर्वाधार विस्तार गर्न थालिएको बताउँदै उनले सुरुआतमै आन्तरिक पर्यटकको रोजाइमा परेकाले आगामी दिनमा विस्तृत योजना बनाएर कार्यान्वयन गरिने उल्लेख गरे ।

वन ऐन र नियमावलीमा सामुदायिक वनमा पर्या–पर्यटन सञ्चालन गर्न सकिने प्रावधान रहेको जनाउँदै उनले सरकारले ‘सामुदायिक वनमा पर्या–पर्यटन सञ्चालन कार्यविधि’ समेत जारी गरेकाले सोहीअनुसार आगामी योजना निर्माण गरिने उल्लेख गरे ।रासस

बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ
स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

समाचार

सबै

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

  • ६.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.