धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
शुक्रबार जिल्लाको धनगढी उपमहानगरपालिका–१४ “जी” गाउँ घागल टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु ४१ हजार ५ सय बराबरको सामान नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यको सुर्ती, ब्याग, साइकल लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













