धनगढी । बैतडीमा एकजनाले बन्चरो प्रहार गरि आफ्नै काकीको हत्या गरेका छन्।
जिल्लाको सिगास गाउँपालिका-२ पेडेगोदा बस्ने ३० वर्षीय यज्ञसिंह धामीले आफ्नै काकी सोही ठाउँ बस्ने ३५ वर्षकी बेलमती धामीको बन्चरो प्रहार गरि हत्या गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
बेलमतीलाई घरमा सुतिरहेको अवस्थामा घाँटी र मुखमा बन्चरो प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गरेपछि बेलमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले यज्ञसिंहलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ।















