• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

जनताको विश्वास माओवादी प्रति छ, हामी जुरुक्कै उठे देशभर चुनाव जित्छौं : अध्यक्ष प्रचण्ड

  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित

गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा गोरखा जिल्ला पालुङटारमा महान् सहिद सुरेश वाग्ले ‘वासु’, भीमसेन पोख्रेल ‘वैरागी’, विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा सभा तथा जनसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

जनयुद्धको क्रममा गोरखा जिल्लामात्रै १८८ भन्दा बढीले सहादत प्राप्त गरेका थिए भने २० जना बेपत्ता पारिएका थिए। स्मृति सभामा जनजागरण अभियान टिम, गण्डकी प्रदेशका नेताहरू, स्थानीय नेता, कार्यकर्ता तथा ठूलो संख्यामा आम जनसहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदहरूको योगदान स्मरण गर्दै उनीहरूका अपूर्ण सपना पूरा गर्ने संकल्प व्यक्त गरे। उनले सहिद सुरेश वाग्ले ‘वासु’ जस्तो उच्च क्षमताका नेताको हत्या पार्टीका लागि ठूलो पीडा भएको उल्लेख गर्दै भाद्र २३ गतेलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरे।

प्रचण्डले भने, “यो देशमा उत्पीडित वर्ग, लिङ्ग र समुदायका नागरिकले पाएको अधिकार सहिदहरूको योगदानकै कारण सम्भव भएको हो। तिनै सहिदहरूको त्यागलाई सम्मान गर्दै तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने काम सम्पन्न भयो। सत्य निरूपण तथा बेपत्ता आयोग गठन, सहिद परिवारलाई आर्थिक सहयोगका लागि कोष स्थापना, परिवारका सदस्यलाई रोजगारी दिने, र विभिन्न क्षेत्रमा विशेष सुविधा दिने व्यवस्था गरिएको छ।”

उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानबारे अनुभव बाँड्दै जनतासँग प्रत्यक्ष संवाद यस अभियानको प्रमुख उपलब्धि भएको बताए। लम्जुङदेखि गोरखासम्म देखिएको जनसहभागिताले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो।

अध्यक्ष प्रचण्डले पालुङटारमा औद्योगिक क्षेत्र स्थापनाका लागि चीनसँग भएको सहमतिको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता जनाए। साथै, सुशासन, सामाजिक न्याय, नागरिकता समस्या समाधान, मिटरव्याज पीडितलाई न्याय दिने पहल, नागरिकलाई सामाजिक सुरक्षामा समावेश गर्ने, सीमा समस्यामा कूटनीतिक पहल, भारत–चीनसँगको विद्युत् तथा व्यापारिक सहकार्य, कृषि क्षेत्रमा प्रविधि भित्र्याउने लगायतका उपलब्धिहरूलाई आफ्नो कार्यकालका ठोस कामका रूपमा प्रस्तुत गरे।

बुढीगण्डकी जलविद्युत आयोजना, धुले सडक पिच गर्ने, औद्योगिक पार्क निर्माणजस्ता योजनामा स्रोत सुनिश्चित गरी काम अघि बढाइने अध्यक्ष प्रचण्डले स्पष्ट पारे। उनले भने, “गोरखा ऐतिहासिक जिल्ला हो। अबको गोरखा अझ राम्रो गर्ने क्षमता राख्छ। माओवादी जुरुक्कै उठे क्लिन सुइप गर्ने गरी चुनाव जित्न सकिन्छ।”

कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेलगायतका नेताहरूले पनि सम्बोधन गर्दै माओवादी केन्द्र नेतृत्वको सरकार र पार्टीले जनतामुखी काम गरिरहेको धारणा राखे।

सभामा सहभागी जनसमुदायले सहिदहरूको बलिदानलाई अविस्मरणीय मान्दै माओवादी आन्दोलनप्रति विश्वास प्रकट गरे।

सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित
नेपाली कांग्रेसको सभापतिमा थापा विजयी
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

समाचार

सबै

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.