धनगढी । कञ्चनपुरबाट विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जवरजस्ती करणी मुद्दामा २ महिना १ दिन कैद सजाय र ३ हजार जरिवाना तोकिएका लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने ५१ वर्षीय रामदत्त राना र जवरजस्ती करणी उद्योग मुद्दामा ३ वर्ष ६ दिन कैद सजाय तोकिएका बेलौरी नगरपालिका–५ कुरिया बस्ने २९ वर्षीय रंजित विक रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, जारी मुद्दामा १ महिना १५ दिन कैद सजाय र १ हजार ५ सय जरिवाना तोकिएका शुक्लाफाँटा नगरपालिका–६ कस्रौल बस्ने ४५ वर्षीय खडकसिहं सेठी र लागुऔषध मुद्दामा ११ दिन कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने २० वर्षीय दिपकसिंह महरा पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जनालाइ बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।













