धनगढी । कैलालीमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
बिहीबार जिल्लाको गोदावरी नगरपालिका-१ बनखेती बस्ने ६० वर्षीय प्रेमबहादुर थापाको रुखबाट लडेर मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार थापा भगवती सामुदायिक वनमा रुखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए।
उपचारको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।













