कैलाली । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बैंकले सातवटै प्रदेशका ९ वटा शाखा कार्यालयमार्फत एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।
यसैक्रममा धनगढीमा आयोजित रक्तदान कार्यक्रममा ग्लोबल आईएमई बैंक सुदूरपश्चिम प्रदेश प्रमुख महेश सिलवालसहित ५१ जना रक्तदाताले रक्तदान गरेका छन्। कार्यक्रमले समुदायमा रक्तदानको महत्वबारे सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ।
रक्तदान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका रक्तदान सद्भावना दूत दीपक उपाध्यायको उपस्थिति रहेको थियो। उनले सम्पूर्ण स्वयम्सेवी रक्तदाताप्रति आभार व्यक्त गर्दै पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरूलाई ‘आइ एम अ ब्लड डोनर’ लेखिएको ब्याच लगाइदिएका थिए।
ग्लोबल आईएमई बैंकले यस प्रकारका सामाजिक कार्यमार्फत मानव सेवामा निरन्तर योगदान पुर्याउँदै आएको छ।













