धनगढी । दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन्।
जिल्लाकोको मालिकार्जुन गाउँपालिका–७ सेल्प्यास्थित माहाकाली करिडोरमा डिङ्सीबाट उकु तर्फ जादै गरेको से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक मालिकार्जुन गाउँपालिका–७ डिङ्सी बस्ने ३० वर्षीय महेन्द्रसिंह धामी र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २८ वर्षीय मधुकर उपाध्याय चरेशसहित पक्राउ परेका हुन्।
दुबै जनालाई ९१७ ग्राम चरेश,१० हजार भारतीय रुपैयाँ र १ हजार ३५० नेपाली रुपैयाँ फेला पारी दुबै जनालाई प्रहरी चौकी जोलजीबीबाट खटिएको प्रहरी टोलीले शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ।













