धनगढी । प्रहरीले कञ्चनपुर र कैलालीबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका-५ सुकासाल र वडा नं १० गज्जर काठे पुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.६२ हजार २८९ बराबरको चिनी, मिश्री, खाने तेल, बिडी, गुलाव जामन लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै, कैलालीको टीकापुर नगरपालिका-६ भर्तापुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.२९ हजार ९०० बराबरको माला, लेबन्टु लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।















