धनगढी। हिमशिखर सहकारी संस्थाको १७औं बार्षिक साधारणसभामा निशाना न्युज अनलाइनका सञ्चालक/सम्पादक टंक कुँवर सम्मानित भएका छन् ।
कुँवरलाई सहकारीका क्षेत्रको प्रचार,संरक्षण र सम्वर्धन गर्न सकरात्मक कलम चलाएर समाजमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मानित गरिएको हो।
शनिबार सम्पन्न वार्षिक साधारणसभामा पत्रकार कुँवरलाई संस्थाका उपाध्यक्ष रोशन सिंहले सम्मानपत्र र नगद हस्तान्तरण गरेका हुन् ।
कुँवर नेपाल पत्रकार महासंघ कैलाली शाखाका पूर्व उपाध्यक्ष हुन । त्यस्तै, प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सदस्य समेत हुन ।
विभिन्न राष्ट्रिय स्तरका सञ्चार माध्यममा समेत काम गरिसकेका कुँवर झण्डै दुई दशकदेखि धनगढीलाई कर्मथालो बनाएर क्रियाशील रुपमा पत्रकारिता गर्दै आएका छन् ।















