धनगढी । कञ्चनपुरबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय सुनिल डगौरा र वडा नं. १९ बस्ने २५ वर्षकै अनिल डगौरा रहेका प्रहरीले जनाएका छ ।
जिल्ला अदालतको फैसलाले लागुऔषध मुद्दामा १ बर्ष कैद सजाय तोकिएका उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको जनाइएको छ ।













