धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ पबेरामा नेपाल कम्युनिष्ट पार्टी संयुक्त कैलालीको बिस्तारित बैंठक सम्पन्न भएको छ ।
पार्टीका कैलाली संयोजक प्रेमलाल चौधरीको अध्यक्षतामा बसेको बैंठकले सह–संयोजकमा गौरीगंगा नगरपालिका–८ मसुरियाका टंक भण्डारीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
नेकपा संयुक्तका केन्द्रीय सदस्य विमल जोशीले आगामी २१ ग्ते हुन र्गरहेको प्रतिनिधिसभा सदस्यमा जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रबाट एक महिलासहित तीन जनाको नाम छनोट गर्न क्षेत्रीय कमिटीलाई निर्देशन दिएको बताए ।
यसैगरी बैंठकले जिल्लाका १३ वटै पालिकामा संयोजक र सहसंयोजकको नाम आगामी बैंठकमा पेश गर्न संयोजक चौधरी तथा सहसंयोजक र्टक भण्डारीलाई जिम्मेवारी दिने निर्णय गरेको जोशीले जानकारी दिए । बैंठकमा सल्लाहकार कमिटीका संयोजक गगनसिं डगौराले बैंठकले गरेका निर्णयबारे जानकारी गराएको जनाइएको छ ।













