धनगढी । कञ्चनपुरबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वन पैदावर मुद्दामा ६ महिना कैद सजाय र १ लाख ८ हजार ६९५ जरिवाना तोकिएका बेलौरी नगरपालिका–६ ढक्का चादर बस्ने ५६ वर्षीय वीरबहादुर चौधरी र गर्भपतन मुद्दामा ११ महिना १६ दिन कैद सजाय तोकिएकी भीमदत्त नगरपालिका–१० बस्ने ६० वर्षीया पार्वतीदेवी नाथ रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कञ्चनपुर जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।













