धनगढी । दार्चुलामा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ।
बुधबार बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार बस्ने २४ वर्षकी झुपा राना मृत्युु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
राना आफ्नो घरदेखि १ किलो मिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौडस्थित घर लिपपोतको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागि दार्चुलाको गोकुलेश्वर अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।













