धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ को कार्यालयमा लगाइएको ताला आज खोलिएको छ। इलाका प्रहरी कार्यालय मालाखेती तथा नगर प्रहरीको सहयोगमा ताला खोलिएको हो।
डीडीसी (दुग्ध बिकास संस्थान) अत्तरियाबाट धनगढी सार्ने प्रक्रिया अघि बढेपछि स्थानीयस्तरमा चर्किएको विरोधका कारण पुस १४ गते संघर्ष समिति र स्थानीयवासीले डीडीसी कार्यालयसँगै १ नं वडा कार्यालयमा तालाबन्दी गरेका थिए।
लामो समयदेखि डीडीसी अत्तरियाबाट अन्यत्र सार्न नहुने मागसहित आन्दोलनरत संघर्ष समितिले भने ताला एकतर्फी रूपमा खोलिएको दाबी गरेको छ।













