धनगढी । कैलालीबाट विभिन्न मुद्दामा ७ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएका भजनी नगरपालिका–६ बस्ने मनिषकुमार चौधरी, सवारी ज्यान मुद्दामा ११ महिना १० दिन कैद सजाय र २० हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका–२ बन्दिपुर बस्ने ४२ वर्षीय बिर्खबहादुर सुनार पक्राउ परेका हुन्।
यसैगरी, लागुऔषध खैरो हेरोइन मुद्दाका फरार टीकापुर नगरपालिका–१ ,ब्लक नम्बर ११ बस्ने पदमराज भण्डारी, धनगढी उपमहानगरपालिका–२ बस्ने बिक्रमबहादुर बोहरा, धनगढी उपमहानगरपालिका–३ बस्ने हरि साउँद,गोदावरी नगरपालिका–१ बस्ने शिखा डाँगी र बर्दगोरिया गाउँपालिकापा–१ बस्ने सन्तोष बिश्वकर्मा पक्राउ परेका प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।













