धनगढी । डडेल्धुरामा मलामी गएका एक वृद्धको महाकाली नदीमा डुबेर मृत्यु भएको छ।
जिल्लाको को परशुराम नगरपालिका–५ परिगाँउ स्थित महाकाली नदीमा सोही नगरपालिका–९ बस्ने ६० वर्षीय इन्द्रबहादुर बोहरा मलामी गएको अवस्थामा महाकाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
शुक्रबार बिहान नुहाउने क्रममा डुबेर बेपत्ता भएका बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले खोजलतास गर्ने क्रममा शुक्रबार अपरान्ह परशुराम नगरपालिका–६ कुडा स्थित महाकाली नदी किनारमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।













