धनगढी । बाजुरामा घरको छतबाट लडेर एक वृद्धाको मृत्यु भएको छ।
शुक्रबार जिल्लाको बडिमालिका नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षकी कमला लुहारको छतबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
लुहार आफ्नै घरको छतमा बसिरहेको अवस्थामा एक्कासी लडेर बेहोस भएकी र उपचारको लागि जिल्ला अस्पताल मार्तडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।













