धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ ।
सो पार्टीका अनुसार अछाम निर्वाचन क्षेत्र–१ बाट डा भीम रावल,अछाम—२ बाट माओवादी शरदसिंह भण्डारीले उम्मेदवारी दिने भएका छन् ।
त्यस्तै, कैलाली निर्वाचन क्षेत्र–१ बाट रामलाल डगौरा थारु,२ बाट राजेन्द्र साउँद, ३ बाट विरमान चौधरी, ४ बाट हरिराम चौधरी ‘उत्सव’ र क्षेत्र नं ५ बाट प्रेम आले उम्मेदवार हुने भएको छन् ।
त्यस्तै,कञ्चनपुर—१ मा विना मगर, २ मा लालबहादुर खड्का र ३ मा मानबहादुर सुनारको नाम टुङ्गो लागेको छ ।
डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बझाङबाट मीनबहादुर कुँवर, बैतडीबाट परमानन्द भट्ट,डोटीमा त्रिलोचन भट्ट र बाजुरामा प्रकाशबहादुर शाह उम्मेदवार बन्ने नेकपाले जनाएको छ ।













