काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं आज पोखराबाट पक्राउ परेका हुन् । उनी कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ परेका थिए ।
प्रसाईँले कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएका थिए । प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचार गरेको थियो ।













