धनगढी । बाजुरामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ।
सोमबार जिल्लाको बडीमालिका नगरपालिका–१ पिनालेख बस्ने ४८ वर्षीय लालबहादुर कार्कीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
घर नजिकै रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागि जिल्ला अस्पताल मार्तडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।













