डोटी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले मनोनयन दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता गराएका हुन् ।
भट्टको प्रस्तावकमा शिवसिंह ओली र समर्थकमा गोरख सार्की रहेका छन् । भट्ट २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोटी प्रदेशसभा (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । भट्ट सुदूरपश्चिम प्रदेशमा पाँच वर्ष मुख्यमन्त्री भएका थिए ।













