धनगढी । कैलालीको लम्कीमा प्रधान कार्यालय रहेको किसान सहकारी संस्था लिमिटेड र धनगढीस्थित निसर्ग अस्पतालबीच उपचारमा छुट दिने सम्झौता भएको छ ।
किसान सहकारी संस्थामा आवद्ध शेयर सदस्य र उनका परिवारका लागि अस्पतालले उपचारमा छुट दिने सम्झौता भएको हो । किसान सहकारी संस्था लिमिटेडका महाप्रवन्धक डम्बरबहादुर शाह र निसर्ग अस्पतालका कार्यकारी अध्यक्ष तीर्थ पन्तबीच मंगलबार सम्झौता भएको अस्पतालले जनाएको छ ।

सम्झौता अनुसार जर्नल वेड हस्पिटल भर्नामा १५ प्रतिशत,क्याविन भर्नामा १० प्रतिशत आईसियु वेडमा १२.५ प्रतिशत,एनआईसियु वेड १२.५ प्रतिशत छुट हुनेछ । त्यस्तै, जर्नरल,सर्जरी अर्थोपेडिक गाइनोलोजीमा १० प्रतिशत, ल्याप्रोसकोपी अप्रेशनमा १० प्रतिशत,पेथोलोजी टेस्ट २०,भिडियो एक्सरे,एक्सरे,ईसिजी ईसिएचओ, टिएमटी ईन्डोस्कोपीमा १० र मेडिसिनमा ५ प्रशिशत छुट दिने सम्भौता भएको किसान सहकारी सहकारी संस्थाका दिपक ढुङ्गगानाले निशाना न्युजलाई जानकारी दिए ।
माघ १ गतेदेखि सम्भौता लागू भई एक बर्षको अबधि रहने उनले बताए । दोस्रो पक्षले आफ्ना बिरामी शेयर सदस्यलाई पहिलो पक्ष समक्ष उपचारको लागि पठाउने र यसरी उपचारका लागि आउने बिरामी संस्थाको शेयर सदस्य रहेको हुनुपर्ने सम्झौतामा उल्लेख छ ।
त्यस्तै,बिरामीलाई संस्थाको शेयर सदस्यता,परिचयपत्रका आधारमा सम्झौता बमोजिम पहिलो पक्षले छुट सुविधा उपलब्ध गराउनु पर्ने, सम्झौता केही शंसोधन गर्नु परेमा दुबैको आपसी सहमति अनुसार हुन सक्ने,दोस्रो पक्षले सुदूरपश्चिमका तराई तथा पहाडी जिल्लामा स्वास्थ्य शिविर सञ्चालनका लागि पहिलो पक्षसँग आपसी समन्वय र सहमतिमा शिविर आयोजना गरिने सम्झौतापत्रमा उल्लेख छ ।
















