धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ मा रहेको सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा सुनिलकुमार जोशी र रजिष्ट्रार डा खेमराज जोशीलाई स्वागत गरिएको छ ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गेटा अस्पतालका प्रमुख डा प्रमोद यादवको नेतृत्वमा स्वागत गरिएको थियो।
कार्यक्रममा विश्वविद्यालयका सिनेट सदस्य डा डम्मरबहादुर पाल, डा हेमराज पुजारा, प्राध्यापक हरिकृष्ण कडायत लगायतको उपस्थितिमा विश्वविद्यालय सञ्चालन, शैक्षिक गतिविधि र संरचनागत विकासका विषयमा विस्तृत छलफल भएको थियो। सेती र महाकाली अस्पताललाई मातहत ल्याई सेवा विस्तार, आगामी वर्षदेखि शैक्षिक सत्र सञ्चालन, दक्ष जनशक्ति उत्पादन र अस्पताल सञ्चालन योजनाहरू चर्चा गरिएको थियो।













