• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ७. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • १०. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : नेता आले

  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्रामका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।

आज फाप्ला स्पोट्र्स क्लबको आयोजनामा आयोजित स्वागत कार्यक्रममा बोल्दै नेता आलेले धनगढीलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्न फाप्ला खेल मैदानलाई आधुनिक पूर्वाधारसहितको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र बहुउद्देश्यीय खेलग्राम बनाइने बताए ।

उनले खेलकुद विकासले युवालाई अनुशासित, सक्षम र आत्मनिर्भर बनाउने भएकाले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गरे ।

उनले भने, “धनगढी क्रिकेटको सहरका रूपमा परिचित हुँदै गएको छ । यही पहिचानलाई अझ मजबुत बनाउन फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्रामका रूपमा विकास गर्न आवश्यक सम्पूर्ण पहल गर्नेछु ।”

आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराइसकेका नेता आलेले चुनावी प्रतिबद्धताअन्तर्गत कैलाली क्षेत्रको समग्र विकाससँगै खेलकुदलाई मुख्य प्राथमिकतामा राख्ने बताए ।

उनले सुदूरपश्चिम प्रदेशमा खेलकुद पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरका संरचना निर्माणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने वातावरण बन्ने धारणा राखे ।

उनले भने, “कैलालीसहित समग्र सुदूरपश्चिम क्षेत्रमा खेलकुद, पर्यटन र भौतिक पूर्वाधार विकास मेरा पहिलो प्राथमिकता हुन् । बन्दुकबाट निस्केको गोली र प्रेम आलेको मुखबाट निस्केको बोली एउटै हुन्छ । मैले बोलेको कुरा पूरा गरेरै छाड्छु ।”

प्रदेशको समृद्धि र पहिचानसँग पनि खेलकुद पूर्वाधार जोडिएको उल्लेख गर्दै नेता आलेले फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान र खेलग्रामका रूपमा विकास गर्नु अपरिहार्य रहेको बताए । यसले स्थानीय युवालाई अवसर सिर्जना गर्नुका साथै खेल पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको भनाइ थियो ।

सोही कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश धामीले फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्रामका रूपमा विकास गर्न सके सुदूरपश्चिमको खेल क्षेत्रले ऐतिहासिक फड्को मार्ने बताए ।

उनले नेता आलेले बोलेको कुरा पूरा गर्ने क्षमता र अनुभव दुवै रहेको उल्लेख गर्दै यो महत्वाकांक्षी योजना सफल हुने विश्वास व्यक्त गरे ।

उनले भने, “फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान र खेलग्राम बनाउन सके यहाँको खेलकुद क्षेत्रमा ठूलो उपलब्धि हुनेछ । त्यो काम प्रेम आलेले गर्न सक्छन् र गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।”

यसैगरी फाप्ला स्पोट्र्स क्लबका अध्यक्ष किशोर शाहीले सुदूरपश्चिम प्रदेशमा हालसम्म अन्तर्राष्ट्रिय स्तरको खेल रंगशाला नहुँदा खेलाडीहरू अवसरबाट वञ्चित हुँदै आएको बताए ।

उनले फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन संघीय तथा प्रदेश सरकारको आवश्यक सहयोगको माग गरे ।

उनले भने, “हामीसँग अन्तर्राष्ट्रिय स्तरको रंगशाला छैन । यहाँका खेलाडीहरूमा क्षमता भए पनि पूर्वाधारको अभाव छ । फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न म पूर्वमन्त्री प्रेम आलेज्यूलाई आग्रह गर्दछु ।”

फाप्ला खेल मैदानमा यसअघि पनि पटक–पटक प्रदेश तथा संघीय सरकारले खेल मैदान निर्माणका लागि बजेट विनियोजन गर्दै आएको भए पनि जग्गा प्राप्तिको प्रक्रिया अगाडि नबढ्दा योजना कार्यान्वयन हुन नसकेको बताइएको छ ।

बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

समाचार

सबै

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.