धनगढी । कैलालीबाट एकजना फरार प्रतिवादी पक्राउ परेकी छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएकी चुरे गाउँपालिका–३ सुनारी बस्ने २३ वर्षकी निर्मलाकुमारी रावत पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
रावतलाई इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।















