धनगढी । कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।
बिहीबार जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ फोरलाइन स्थित भित्रि सडक किनारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ४१ हजार ८८० बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ।
उक्त मूल्यका चिनी, मिश्री, खाने तेल, पेय पदार्थ, दाल, नमकिन लगायतका सामान इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।















