धनगढी । सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यको निर्वाचनमा २२० मत खसेको छ। आज सम्पन्न निर्वाचनमा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका जानकारी दिए ।
५१ जना प्रदेशसभा सदस्य र १ सय ७३ पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी २ सय २४ मतदाता रहेकोमा ४ मत खसेन।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा बिष्ट, धगगढी उपमहागरपालिकाका नगरप्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरिया मतदान अनुपस्थित रहेको जनाइएको छ ।
यहाँ महिलातर्फ एक र अन्यमा एक गरी दुई जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भएको थियो । अन्यतर्फ नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टिकाराम जैशी तथा महिलातर्फ एमालेकी लिलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रोजी बस्नेत उम्मेदवार छन्।















