• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन

  •   आइतबार, माघ १८, २०८२ मा प्रकाशित

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा राजनीतिक दलहरूले आफ्नो साङ्गठनिक उपस्थिति र प्रचार अभियानलाई वडा तहसम्म विस्तार गरेका छन् । युवा मतदातालाई लक्षित गर्दै दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ।

मुख्य प्रतिस्पर्धी दलहरूले सम्पर्क कार्यालय स्थापना, वडा संयोजकको नियुक्ति तथा घरदैलो अभियानलाई तीव्र बनाएसँगै चुनावी माहोल थप उत्साहजनक बनेको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लगायत प्रमुख दलहरूले तीनवटै निर्वाचन क्षेत्रअन्तर्गत रहेका नौ स्थानीय तहका ९२ वटै वडामा सम्पर्क कार्यालय खोलेर प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ ९२० का सभापति करनसिंह ऐरका अनुसार तीनवटै निर्वाचन क्षेत्रका वडा तहमा प्रचारप्रसार कार्यालय उद्घाटन गरी अभियान अघि बढाइएको छ । चुनावी अभियानलाई तल्लो तहसम्म व्यवस्थित बनाउन महासमिति सदस्यदेखि तरुण दल र क्रियाशील सदस्यहरूलाई परिचालन गरिएको छ ।

कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा गोपिप्रसाद उपाध्याय, निर्वाचन क्षेत्र नं २ मा पूर्वमन्त्री एनपी साउद र निर्वाचन क्षेत्र नं ३ मा हरिप्रसाद बोहरा उम्मेदवार रहेका छन् ।

नेकपाले पनि वडागत संयन्त्र र प्रचारप्रसार कार्यालय स्थापना गरी अभियानलाई तीव्र बनाएको प्रचारप्रसार उपसमितिका संयोजक महेशदत्त जोशीले जानकारी दिए। नेकपाका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री बिना मगर, निर्वाचन क्षेत्र नं २ मा माधवप्रसाद पन्त र निर्वाचन क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार रहेका छन् ।

त्यसैगरी, नेकपा (एमाले)ले पनि वडा तहसम्म चुनावी संयन्त्र गठन विस्तार गरी प्रचारप्रसार अघि बढाएको छ । एमाले जिल्ला सदस्य जगतबहादुर सिंहका अनुसार उम्मेदवारलाई जिताउन कार्यकर्तालाई जिम्मेवारीसहित परिचालन गरिएको छ । एमालेका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा तारा लामा तामाङ, निर्वाचन क्षेत्र नं २ मा बचनबहादुर सिंह र निर्वाचन क्षेत्र नं ३ मा डा दीपकप्रकाश भट्ट उम्मेदवार रहेका छन् ।

तीनवटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दलहरू र नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । रास्वपाले उम्मेदवारसहितको घरदैलो अभियानलाई निरन्तरता दिँदै युवाहरूलाई सङ्गठित गरेर प्रचारप्रसारलाई तीव्र बनाएको छ । रास्वपाका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा जनकसिंह धामी, निर्वाचन क्षेत्र नं २ मा दीपकराज बोहरा र निर्वाचन क्षेत्र नं ३ मा ज्ञानेन्द्रसिंह महता उम्मेदवार रहेका छन्।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने वडावडामा मतदातासँग समूहगत अन्तक्र्रिया तथा छलफल गर्दै चुनावी एजेन्डा प्रस्तुत गरिरहेको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि घरदैलो अभियानलाई अगाडि बढाएका छन् ।

यसपटकको निर्वाचनमा सबै राजनीतिक दलहरूको मुख्य ध्यान युवा मतदातातर्फ केन्द्रित देखिएको छ । बेरोजगारी समस्या समाधान, गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा आधारित विकासका एजेन्डा प्रस्तुत गर्दै उम्मेदवारहरूले युवालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । “युवा परिवर्तन चाहन्छन्, त्यसैले हाम्रो प्राथमिकता उनीहरूको भविष्यसँग जोडिएका योजनामा केन्द्रित छ”, नेकपा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद पन्तले भने, “आफू पनि युवा भएकाले युवाका मागलाई शिरोधार्य गर्दै अघि बढिरहेका छौँ ।”

चुनावी सरगर्मी बढेसँगै कञ्चनपुरका चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डाबारे बहस सुरु भएको छ । वडा तहमा स्थापना गरिएका सम्पर्क कार्यालयले मतदातालाई उम्मेदवारसँग सिधा संवाद गर्ने वातावरण बनाएको स्थानीय मतदाताको भनाइ छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये ४४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ११ जना स्वतन्त्र उम्मेदवार छन् ।रासस

आइतबार, माघ १८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.