धनगढी । कैलालीमा एक बालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ती पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत उत्तर प्रदेश लखिमपुर तिकुनिया घर भई हाल जिल्ला कैलाली, बर्दगोरिया २ बस्ने बर्ष ५३ को साहिद अलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
साहिदले ती बालिकालाई राजकुला सामुदायिक वनको जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । ।













