धनगढी । सरकारी जागीर लगाइ दिने र अनुदान उपलव्ध गराई दिने प्रलोभन देखाउदै मानिस ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी आदर्श गाउँ पालिका वडा नं. २ घर भई हाल कैलालीको गोदावरी ६ लालपुर बस्ने बर्ष ३३ को तुला राम कोली रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले उनकै घरबाट पक्राउ गरी कार्यालयको हिरासत राखि ठगी मुद्दामा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
हाल सम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा कुल बिगो अन्दाजी रु.१,२०,००००० – अक्षरूपी एक करोड बिस लाख वरावरको (१०) दश वटा उजुरीहरु दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जागीर र अनुदानको प्रलोभन देखाउदै मानिस ठगी गर्ने एक जना पक्राउ
जागीर र अनुदानको प्रलोभन देखाउदै मानिस ठगी गर्ने एक जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













