डोटी । डोटीमा ईभी हाईस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र. ०२ ००१ ज ०२३९ नम्बरको हाइस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–५ चिसापानीस्थित के.आई. सिंह राजमार्गमा शनिबार बिहान साढे ४ बजेतिर हाईस दुर्घटनामा परेको हो ।
हाइस घुम्तीमा अनियन्त्रित भई सडकको नालीमा पल्टिदा डोटीको पूर्वीचौकी गाउँपालिका-५ नुवाघरकी ५१ वर्षीया अमृता साउँद, सोही स्थानका २६ वर्षीय प्रकाश साउँद,अछामको चौरपाटी गाउँपालिका-६ दुनीकी २५ वर्षीया कला साउँद र चौरपाटी–१ बयालीकी १९ वर्षीया कमला थापा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । हाईसमा चालकसहित १५ जना सवार रहेको जनाइएको छ ।













