धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
शनिबार जिल्ला भीमदत्त नगरपालिका-११ भुजेलाबाट अवैध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाखा १० हजार बराबरको मोबाइल कभर, विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाइएको छ ।

















