धनगढी । कैलालीमा डल्लब र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका-४ ठानापुर स्थित सोही ठाउँ बस्ने ४५ वर्षीय श्रीराम चौधरीले चलाएको डल्लब र बर्दगोरिया गाउँपालिका-४ मुडा बस्ने ४० वर्षीय रुपलाल बादीले चलाएको सु.प.प्र.०१-०१२ प २१८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा मोटरसाईकल चालक गम्भीर घाइते भएका थिए ।
घाइते वादीलाईउपचारको लागि टिकापुर अस्पताल हुँदै नेपालगञ्जस्थित वयस्टर्न अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा गएराति मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



















