धनगढी । कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको बेलौरी नगरपालिका-७ ठुलो सिंहपुर बस्ने ५५ वर्षीय वीरप्रसाद चौधरी घरबाट २ किलोमिटर टाढा आफ्नै खेतमा वुधबार साँझ मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















