धनगढी । दार्चुलामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको नौगाड गाउँपालिका-२ दल्लेख बस्ने भरतसिंह मन्यालको छोरा ४ वर्षीय ओलिसन मन्यालको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओलिसन घरदेखि अन्दाजी ५००/६०० मिटर टाढा रहेको तरकारी बारीमा सिँचाई गर्न बनाएको पानी पोखरीमा डुवेर गम्भीर घाइते भएकामा उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा बुधबार बेलुकी मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।













