धनगढी । गोदावरी नगरपालिकास्थित अत्तरिया बजार क्षेत्रका विभिन्न होटल तथा लजबाट प्रहरीले अनैतिक कार्यमा संलग्न रहेका १९ जनालाई नियन्त्रणमा लिएको छ ।
बिहिबार इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हिरासिंह महराको कमाण्डमा सञ्चालन गरिएको विशेष चेकजाँच अभियानका क्रममा उनीहरु नियन्त्रणमा लिइएको हो ।
प्रहरीले अत्तरिया बजारका विभिन्न १० वटा होटलबाट १० जना महिला र ९ जना पुरुष अनैतिक कार्यमा संलग्न रहेको पाइएपछि नियन्त्रणमा लिएको जनाएको छ ।
होटल तथा लजबाट नियन्त्रणमा लिएका १० महिला र ९ जना पुरुषलाई अहिले इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। उनीहरूमाथि हाल अनुसन्धान तथा सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।



















